२०८३, कार्तिक ६ गते

Oct 22 2026

images
images

छुवाछुत विरोधी क्रान्ति

छुवाछुत विरोधी क्रान्ति

छुवाछुत विरोधी क्रान्ति

छुवाछुत विरोधी क्रान्ति

छुवाछुत विरोधी क्रान्ति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • पशुपतिमा आयोजित कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाईले ब्यासबाट सम्बोधन गरेर हिन्दु धर्म र संस्कृतिका बारेमा प्रवचन दिनु र सहभागी भक्तजनले ताली बजाउनु सुखद विषय हो । कोटीहोममा ब्यासमा आसिन भएर प्रवचन दिने उनी दलित समुदायका पहिलो व्यक्ति भएको बताइएको छ । 


    हिन्दु समाजमा जातीय छुवाछुतले गहिरो जरा गाडेको र त्यसलाई कानुनी प्रबन्धबाट पनि उखेल्न संभव नभइरहेको बेला कृष्ण दमाईको प्रवचन र दर्शक दिर्घाबाट स्वागत गर्दै ताली बज्नुले समाजमा परिवर्तनको संकेत गरेको  छ ।


    हिन्दु धर्ममा जातीय छुवाछुतको व्यवस्था छैन् । हुँदो हो त कृष्णलाई अभिनन्दन गरिने थिएन् । समाजमा हिन्दु धर्मको आवरणमा  विकृत अवस्थाले कृष्ण दमाईहरुलाई शुद्र बनायो । समाजमा जातीय खाडल गहिरो भयो । 


    समाजमा हिन्दु धर्मलाई नै कमजोर बनाउने गरी चलेको  छुवाछुत उन्मुलनका लागि कोटी होमको व्यासमा बसेर कृष्णको प्रवचन ठूलो सामाजिक क्रान्ति हो । दलित भनिएका व्यक्तिले छोए सुनपानी छर्कने प्रचलन अझै छ । 


    समाजमा उनीहरुलाई बाहुन क्षेत्री जस्ता उपल्लो जात ठानिनेहरुले गर्ने व्यवहार मानवीय खालको पटक्कै छैन् । यस्तो बेला कृष्ण दमाईको प्रवचन सुनेर ताली बज्नुले आगामी दिनमा समाज नयाँ ढंगले अघि बढ्ने संकेत गरेको छ ।


    अब कृष्ण दमाई जस्ता दलित र अरु बाहुन पण्डितहरुले सगैं प्रवचन दिने र सगैं भोजन गर्ने अभियान चलाउनुपर्छ । धर्मको नाममा चलेको विकृतिलाई हटाउन सक्दा सनातन हिन्दु धर्म  संस्कृति जोगिन सक्छ ।


    छुवाछुत समाजको विकृत प्रथा हो । यो प्रथा हटाउन यस्तै अभियान चलाउनुपर्छ । दलितले बाहुनलाई गाली गर्दैमा हट्ने होइन् । यो अभियानमा दलित, बाहुन क्षेत्री सबै सगैं मिलेर अघि बढ्नुपर्छ । 


    एउटा समुदायले अर्कोलाई गाली गर्दा त्यसले मेलमिलाप होइन, समाजमा झगडाको बीउ रोपिन्छ । समाजमा झगडा चर्कदै जाँदा हिंसाको रुप लिनसक्छ । छुवाछुतलाई धर्मको रुपमा मान्ने कट्टरपन्थीहरु अझै समाजमा छन्, उनीहरुलाई पनि सम्झाएर अघि बढ्नुको विकल्प छैन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij